अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१७ | Colorodo: 19:32

बंगलादेशमा भारी वर्षाका कारण हजारौं मानिस विस्थापित

बिआरटीनेपाल २०७९ असार ४ गते ८:३२ मा प्रकाशित

बंगलादेशको उत्तरपूर्वी र उत्तरी क्षेत्रमा भारी वर्षाका कारण हजारौं मानिस विस्थापित भएका छन् ।विस्थापित भएकाहरूलाई सुरक्षा अधिकारीहरूले उद्दार तथा राहत वितरणलाई तीव्र पारेको बताएका हुन् । बंगलादेशको सेनाले बाढी पहिरोमा परेकाहरूको उद्दारका लागि तैनाथ अवस्थामा रहेको र उद्दार समेत जारी रहेको जनाएको छ । राजधानी ढाकालगायत मुलुकका विभिन्न स्थानमा बाढीबाट प्रभावितहरूको संख्या बढिरहेको बंगलादेशकाे सरकारले जनाएको छ ।

उत्तरपूर्वी क्षेत्रका लालमोनिरहाट, कुरिग्राम, निलफामिर र रंगपुर जिल्ला वर्षाबाट अत्याधिक प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । गत महिना प्रिमनसुन सुरु भएयता बंगलादेशका विभिन्न क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको छ । वर्षाका कारण विभिन्न क्षेत्रमा डुवानका कारण हजारौं मानिस विस्थापित भएका थिए ।

जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघको अन्तरसरकारी प्यानलका अनुसार ग्लोबल वामिङको हालको दर कायम रहे बंगलादेशका करिब १७ प्रतिशत मानिसलाई अर्को दशकमा अन्यत्र स्थान्तरण गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू