अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३१ | Colorodo: 04:46

युक्रेनमा जारी युद्धमा १० हजार बढी नागरिककाे मृत्यु भएको राष्ट्रसंघको दावी

बिआरटीनेपाल २०७९ असार ४ गते ८:२५ मा प्रकाशित

युक्रेनमा जारी युद्धमा १० हजार भन्दा बढी नागरिककाे मृत्यु भएको संयुक्त राष्ट्र संघले दावी गरेको छ ।राष्ट्रसंघले हालै एक प्रतिवेदन प्रकाशित गरेर रुस र युक्रेनबीच भइरहेको युद्धमा मृत्यु हुनेमा सयौं बालबालिकाको संख्या रहेको उल्लेख गरेको हाे । साेही प्रतिवेदन अनुसार युक्रेनको राजधानी किभमा यही जुन १६ तारिखको मध्यरातमा मात्रै करिब ४ हजार ५ सय ९ जना नागरिकको मृत्यु भएको थियो भने पाँच हजार ५ सय ८५ जना घाइते भएका थिए ।

जसमध्ये मृत्यु हुनेमा २ सय ९४ बालबालिका रहेको राष्ट्र संघले जनाएको छ । अधिकांश नागरिकको युद्ध प्रभावित क्षेत्रमा भएको विस्फोटमा परेर मृत्यु भएको हो । रुसले आक्रमणका क्रममा तोप, मिसाइल र हवाई हमला गर्दा धेरै नागरिक विस्फोटमा परेको जनाइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू