अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४४ | Colorodo: 04:59

बेलायतले जुलियन असान्जलाई अमेरिका पठाउने

बिआरटीनेपाल २०७९ असार ३ गते ८:२९ मा प्रकाशित

बेलायतले विकिलक्सका संस्थापक जुलियन असान्जलाई अमेरिका पठाउने भएको छ।बेलायतकी गृह मन्त्री प्रिती पटेलले शुक्रबार असान्जलाई अमेरिका सुपुर्दुगी गर्ने आदेशमा हस्ताक्षर गरेको बिबिसीले जनाएको छ। बेलायत सरकारको उक्त निर्णयविरूद्ध असान्ज पुनरावेदन गर्न सक्नेछन्।

त्यसका लागि उनलाई १४ दिन समय दिइएको छ।सन् २०१० र २०११ मा सरकारका गोप्य कागजात सार्वजनिक गरेका असान्जलाई अमेरिकाले वान्टेडको सूचीमा राखेको छ। उनलाई अहिले बेलायतको कारागारमा राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू