अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१४ | Colorodo: 03:29

सरकारमा जाने विषयमा प्रधानमन्त्रीसँग कुरा भएको छैन : लक्ष्मणलाल कर्ण

बिआरटीनेपाल २०७९ जेठ २५ गते ७:१२ मा प्रकाशित

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले पार्टी सरकारमा जाने विषयमा प्रधानमन्त्रीसँग कुरा नभएको बताउनुभएको छ ।बुधबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद कर्णले लोकतान्त्रिक समाजवादी पार्टीले सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नगरेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले पनि आफूहरूलाई मन्त्री हुन आउ भनेर नबोलाएको उहाँले स्पष्ट पार्नुभयो ।सांसद कर्णले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बाटो–बाटोबाट लोकतान्त्रिक समाजवादी पार्टीलाई एकिरणका लागि आह्वान गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

अध्यक्ष यादवले विगतमा आफूहरूलाई पार्टी बाट निकालेको र पार्टी फोड्नका लागि निर्वाचन आयोगमा निवेदन दिएको भन्दै उहाँले अहिले संकटमा परेकाले सहयोग खोजेको बताउनुभयो । अध्यक्ष यादवको संकट निवारण भएपछि लखेट्ने प्रवृत्ति रहेको उहाँको आरोप छ ।

सांसद कर्णले औपचारिक रूपमा एकीकरणको प्रस्ताव नआएको उल्लेख गर्दै के को लागि र किन एकीकरण गर्नुपर्ने भन्दै प्रश्न गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू