अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०६ | Colorodo: 01:21

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्त पास गर्न ल्याएको होइन : झलनाथ खनाल

बिआरटीनेपाल २०७९ जेठ २५ गते ७:११ मा प्रकाशित

पूर्वप्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का सांसद झलनाथ खनालले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्त पास गर्नका लागि नल्याइएको बताउनुभएको छ ।बुधबार प्रतिनिधि सभा बैठकमा सहभागि भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ पूर्वप्रधानमन्त्री खनालले प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्त पास गर्न नल्याइएको बताउनुभएको हो ।

उहाँले प्रस्ताव दर्ता पछि परिस्थिति हेर्दै क्रमशः टुंगोमा पुर्‍याउनका लागि महाअभियोग लगाइएको बताउनुभयो । उहाँले महाअभियोगलाई टुंगोमा पुर्‍याउनका लागि अझै समय बाँकी रहेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री खनालले महाअभियोग प्रस्तावको सम्बन्धमा संसदले गठन गरेको समितिले आफ्नो उत्तरदायित्व र जिम्मेवारी पुरा गर्नुपर्ने बताउनुभयो । समितिले आफ्नो काम गरिसकेपछि संसदमा बाँकी प्रक्रिया अगाडी बढ्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू