अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२८ | Colorodo: 17:43

मानव अधिकार संरक्षण गर्न चीन प्रतिबद्ध- राष्ट्रपति सी

बिआरटीनेपाल २०७९ जेठ ११ गते ८:०० मा प्रकाशित

चीनका राष्ट्रपति सी चिनपिङले आज बुधवार संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार उच्च आयुक्त मिशेल बाचेलेटसँग भिडियो लिङ्कमार्फत भेटवार्ता गर्नुभएको छ । ब्याचेलेटलाई चीनमा स्वागत गर्दै राष्ट्रपति सीले चीनको मानव अधिकारको विकाससँग सम्बन्धित प्रमुख मुद्दाहरूको बारेमा विस्तृत रूपमा व्याख्या गर्नुभयो । उहाँले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) र चिनियाँ सरकार मानव अधिकार संरक्षण गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो स्थापनाकालदेखि नै चिनियाँ जनताको खुसी र चीनको पुनरुत्थानलाई केन्द्रमा राखेको उहाँले बताउनुभयो । चिनियाँ कम्युनिस्ट पार्टीले सय वर्षभन्दा बढी समयदेखि जनताको हितमा काम गर्ने प्रयास गरेको पनि राष्ट्रपति सीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू