अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४२ | Colorodo: 21:57

दुई वर्षपछि मनाङमा पर्यटक सङ्ख्या बढ्यो

बिआरटीनेपाल २०७९ जेठ ११ गते ७:५५ मा प्रकाशित

नेपालको पर्यटकिय गन्तव्य मध्येको एक मनाङमा दुई वर्षपछि पर्यटकको आवागमनमा बृद्धि भएको छ । हिमाली जिल्ला मनाङमा गत वर्षको साउन महिना यता ६ हजारभन्दा बढी युरोपिय मुलुकका पर्यटकहरू भित्रिएका छन् । पर्यटन विभागको तथ्याङ्क अनुसार अन्नपूर्ण पदमार्गमा पदयात्राका लागि करिव दश महिनाको अवधिमा जिल्लामा ६ हजार ५ सय ८४ जना युरोपियन पर्यटक भित्रिएका हुन । युरोपियन देशमध्ये सबैभन्दा बढी फ्रान्सबाट ८ सय १ जना पर्यटक मनाङ पुगेका छन् ।

जर्मनीबाट ६ सय ९९, इजरायलबाट ५ सय ९८, बेलायतबाट ४ सय ४५ र भारतबाट ४ सय २८ जना पर्यटक पनि मनाङ पुगेको बताइएको छ । थोराङ्ला हुँदै तिलिचो ताल पुगेर लार्के मार्ग कटाउँदै मुक्तिनाथ निस्किने हुँदा विदेशी पर्यटकका लागि अन्नपूर्ण पदमार्ग मुख्य गन्तव्यको स्थल बनेको छ । यहाँ हरेक दिन ७७ विदेशी पर्यटक अन्नपूर्ण पदयात्राका लागि आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू