अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४७ | Colorodo: 12:02

स्थानिय निर्वाचन– ७३१ स्थानिय तहको मतपरिणाम सार्वजनिक, २२ तहको मतपरिणाम आउन बाँकी

बिआरटीनेपाल २०७९ जेठ ९ गते ८:१२ मा प्रकाशित

गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचन अन्तरगत अहिलेसम्म ७३१ स्थानिय तहको मतपरिणाम सार्वजनिक भएको छ । अब २२ स्थानीय तहको अन्तिम नतिजा आउन बाँकी रहेको छ । देशभर एकै चरणमा भएको स्थानीय तह निर्वाचन अन्तर्गत अहिलेपनि कतिपय स्थानमा मतगणना जारी रहेको छ ।

हालसम्मको नतिजा अनुसार नेपाली काँग्रेसले ३ सय २१ स्थानको प्रमुखमा जितेको छ । सुरुदेखि नै अग्रता बनाइराखेको काँग्रेसले हालसम्म २ सय ९५ उपप्रमुखमा जित हासिल गरेको छ । यस्तै नेकपा एमालेले १ सय ९९ प्रमुख र २ सय २९ उपप्रमुखमा जितेको छ ।

माओवादी केन्द्रले १ सय २० प्रमुख र १ सय २६ स्थानीय तहको उपप्रमुखका जित हात पारेको छ । यस्तै जनता समाजवादी पार्टीले २९ प्रमुख र ३० उपप्रमुख, एकीकृत समाजवादीले १८ प्रमुख र २२ उपप्रमुख, लोकतान्त्रिक समाजवादीले १५ प्रमुख र ११ उपप्रमुख तथा अन्य तर्फका २९ जनाले प्रमुख र १८ जनाले उपप्रमुखमा जित हात पारेका छन् ।

विशेषगरी महानगर र केही विवाद भएका स्थानका मात्रै मतगणना बाँकी रहेको छ । मतगणनामा ढिलाइ भइरहेकाले निर्वाचन आयोगले भोलिसम्म सबै मत गनिसक्न निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू