अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१२ | Colorodo: 13:27

सन् २०२५ सम्ममा चीनमा नर्सको सङ्ख्या ५५ लाख पुग्ने

बिआरटीनेपाल २०७९ वैशाख २६ गते ७:४८ मा प्रकाशित

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको नयाँ योजनाअनुसार सन् २०२५ सम्ममा देशमा ५५ लाख नर्स हुनेछन् । सन् २०२५ सम्ममा प्रति हजार जनामा ३ दशमलव ८ दर्ता नर्स रहने नर्सिङ विकास योजनाले देखाएको छ ।

सन् २०२० को अन्त्यमा चीनमा दर्ता नर्सहरूको सङ्ख्या ४७ लाखभन्दा बढी थियो जुन २०१५ को तुलनामा ४५ प्रतिशतले बढेको छ । देशका ७० प्रतिशतभन्दा बढी नर्सहरूसँग जुनियर कलेज डिग्री वा त्याेभन्दा माथिको डिग्री रहेको जनाइएको छ ।

नर्सिङको सुधारले मानिसहरूको स्वास्थ्य सुधार गर्न मद्दत पुग्ने चीनकाे राष्ट्रिय स्वास्थ्य आयाेगकाे याेजनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू