अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५२ | Colorodo: 01:07

’ट्राइयाथलन’ प्रतियोगिता वैशाख २४ मा पोखरामा हुने, १७ देशका ३५ खेलाडी सहभागी

बिआरटीनेपाल २०७९ वैशाख २० गते ८:२५ मा प्रकाशित

विश्वकै कठिन मानिने ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्राइयाथलन’ अन्तर्राष्ट्रिय साहसिक ट्राइयाथलन अन्तर्गतको ‘हिमालयन एक्सट्राइ’ पोखरामा हुने भएको छ । वैशाख २४ हुने प्रतियोगितामा १७ देशका ३५ जना प्रतिस्पर्धीले सहभागिता जनाउने हिमालयन एक्सट्राइका आयोजक तथा प्रतियोगिताका निर्देशक रिक्की योन्जनले जानकारी दिनुभयो ।

प्रतियोगिता पोखराको फेवातालमा ३ दशमलव ८ किलोमिटर पौडी, १८० किलोमिटर साइक्लिङ र ४० किलोमिटर दौड हुनेछ । प्रतियोगिता फेवातालमा पौडीबाट सुरुवात हुनेछ । पौडीपछि लगत्तै प्रतियोगीहरुको साइक्लिङ दौड सुरु हुनेछ ।

खेलाडीहरु साइकलबाट पोखरा हुँदै बाग्लुङ कालीका मन्दिर हुँदै फर्किएर पुनः कास्की लुम्रे माछापुच्छ्रे पुग्नेछन् भने लुम्रेबाट दौड सुरु हुनेछ । कास्कीको पर्यटकीय गन्तव्य मर्दी हिमाल हाइक्याम्पको ४ हजार मिटरलाई छुँदै कास्कीको माछापुच्छ्रेमा रहेको ल्वाङमा पुग्नेछन् । प्रतियोगिता ल्वाङमा पुगेर सम्पन्न हुनेछ । प्रतियोगिता सम्पन्न हुन करिब १४ घन्टा लाग्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपालका तर्फबाट सन्तोषी राई र सोनी गुरुङको सहभागिता रहनेछ । विश्वकै अति कठिन मानिएको ट्राइयाथलन प्रतियोगितामा सम्पन्न गर्नेले मेडल र टिसर्ट प्राप्त गर्ने छन् ।

प्रतिक्रिया