अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१२ | Colorodo: 05:27

राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगितामा महिला तर्फ एपीएफको पहिलो जित

बिआरटीनेपाल २०७९ वैशाख २० गते ८:१६ मा प्रकाशित

विभागीय टोली एपीएफ क्लबले छैटौं संस्करणको आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिता अन्तर्गत महिलातर्फ पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराएर एपीएफले पहिलो जित निकालेको हो ।

एपीएफले आर्मीमाथि २७–२५,१३–२५,२५–२१ र २५–२३ को सेटमा जित निकालेको हो । पहिलो खेलमा एपीएफलाई पुलिसले हराएको थियो । आर्मीले एभरेस्ट भलिबल क्लबलाई हराएको थियो ।

यस अघि एभरेस्ट भलिबल क्लबले न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई ३–२ को सेटमा हराएको थियो । एभरेस्टले न्यु डायमण्डमाथि २७–२५,१३–२५,२०–२५,२५–२१ र १५–१३ को संघर्षपूर्ण सेटमा जित निकालेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू