अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२६ | Colorodo: 21:41

बन्द प्रशिक्षण छाड्ने खेलाडीलाई कारर्वाही नगर्न अल्मुताइरीको आग्रह

बिआरटीनेपाल २०७९ वैशाख १८ गते ६:३५ मा प्रकाशित

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडीसँगको विवादका बारेमा अखिल नेपाल फुटबल संघ, एन्फालाई पत्र लेख्दै उनीहरुलाई कारवाही नगर्न आग्रह गरेका छन् ।

महासचिव इन्द्रमान तुलाधरलाई लेखेको पत्रमा अलमुताइरीले खेलाडीले खबर नगरी शिविर छाडेको उल्लेख गरेका छन् । राष्ट्रिय टोलीका सिनियर १० खेलाडीले बिहीबार पत्रकार सम्मेलन गर्दै अलमुताइरीले आफुहरुलाई क्याम्प छाड्न निर्देशन दिएको आरोप लगाएका थिए ।

खेलाडीलाई मिडियामा नजान र आफू पनि नजाने बताए पनि खेलाडीले गरेको पत्रकार सम्मेलनले आफू निकै दुःखी भएको बताएका छन् । खेलाडीले गल्ती गरे पनि उनीहरुलाई कारबाही नगर्नु भन्ने आशयको पत्र लेखेको महासचिव तुलाधरले जानकारी दिएका छन् ।

आफू राष्ट्रिय टोलीको प्रशिक्षकको रुपमा काम गर्न इच्छुक रहेको भन्दै अलमुताइरीले टोली निर्माणमा आफ्नो अधिकार रहेकाले एसियन कप छनोटका लागि भने शिविर छाडेका खेलाडीलाई नराख्ने उल्लेख गरेका छन् । १० खेलाडीले शिविर छाडेपछि अलमुताईरीले थप १७ खेलाडीलाई प्रशिक्षणमा बोलाएर तयारी गरे ।

प्रतिक्रिया