अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१८ | Colorodo: 13:33

जिम्बाब्वे ‘ए’ सँगकाे शृङ्खला गुणस्तरीय क्रिकेट खेल्ने माैका : प्रशिक्षक पुबुदु

बिआरटीनेपाल २०७९ वैशाख १६ गते २०:३६ मा प्रकाशित

नेपालले विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत अमेरिका भ्रमणअघि भाेलि शनिवारदेखि जिम्बाब्वेको ‘ए’ टोलीसँग तीन एकदिवसीय र तीन टी–२० शृङ्खला खेल्दै छ ।

कीर्तिपुरमा रहेकाे त्रिवि मैदानमा हुने शृङ्खला अमेरिका भ्रमणअघि अवसर भएको र गुणस्तरीय क्रिकेट खेल्ने मौका भएको नेपाली टाेलीका प्रशिक्षक पुबुदु दासानायकेले बताए । आज शुक्रवार खेलअघिकाे पत्रकार सम्मेलनमा प्रशिक्षक दासानायकेले जिम्बाब्वे ‘ए’ सँगकाे शृङ्खलाले अमेरिका भ्रमणमा सहयाेग गर्ने बताएका हुन् । यस्तै नेपाली टाेलीका कप्तान सन्दीप लािमछानेले घरेलु मैदानमा हुने शृङ्खलामा सुखद नतिजाका लागि खेल्ने बताए । यस्तै नेपाल भ्रमण गरेकाे जिम्बाब्वे टोलीका प्रशिक्षक डौग्लास होन्डुले युवा टोली समेटेर शृङ्खलामा आएको भन्दै राम्रो नतिजाका लागि खेल्ने बताए । नेपाल भ्रमणमा आएका खेलाडी राष्ट्रिय टोलीमा प्रतिस्पर्धा गर्ने भन्दै उदाउँदै गरेको नेपालसँग खेल्न पाउँदा खुसी लागेको जिब्बाब्वेका प्रशिक्षक डोग्लास होन्डुले बताए ।

प्रशिक्षक होन्डुले भने जस्तै जिम्बाब्वेकाे टाेलीका कप्तान टोनी मुनियोङ्गाले नेपाली टोलीसँग घरेलु मैदानमा खेल्दा नयाँ अनुभव हुने प्रतिक्रिया दिए ।

नेपालमा आयोजना हुन लागेको शृङ्खलाका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले एकदिवसीय शृङ्खलाका लागि नेपाली टोलीको घोषणा गरेको छ । प्रशिक्षक पुबुदु दासानायकेले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

एकदिवसीय शृङ्खला भाेलिदेखि २१ गतेसम्म चल्ने छ भने टी–२० शृङ्खला वैशाख २३ देखि २६ गतेसम्म सञ्चालन हुने तालिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू