अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५४ | Colorodo: 04:09

एन्फाले बन्द प्रशिक्षणका लागि १७ खेलाडीलाई बोलायो

बिआरटीनेपाल २०७९ वैशाख १६ गते ७:१८ मा प्रकाशित

राष्ट्रिय फुटबल टिमकाे बन्द प्रशिक्षणका लागि १७ जना नयाँ खेलाडीलाई बोलाएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग विवाद भएर राष्ट्रिय टोलीका १० खेलाडीले बन्द प्रशिक्षण छाडेपछि अरू १७ नयाँ खेलाडीलाई बोलाइएको एन्फाले जनाएको छ ।

थपिएका १७ जना खेलाडीमा गोलकिपरहरू विकेश कुथू, विशाल सुनार र अभिषेक बराल छन् । त्यस्तै आकाश बुढा मगर, आशिष चौधरी, विकास तामाङ, जर्जप्रिन्स कार्की, मनीष जर्घामगर, निरकुमार राई, राजन गुरुङ, रोशन राना मगर, रूपबहादुर लामा, सञ्जोक राई, सेसेहाङ आङदेम्बे, शिव गुरुङ, सुनील श्रेष्ठ र सुशील राईलाई एन्फाले बन्द प्रशिक्षणका लागि बोलाएको छ ।

प्रशिक्षक अलमुताइरीसँगको विवादपछि विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, विमल घर्तीमगर, दिनेश राजवंशी, सुमन लामा, रोहित चन्द, सुजल श्रेष्ठ, तेज तामाङ र विशाल राईले बन्द प्रशिक्षण छाडेका थिए । उनीहरूलाई बेवास्ता गर्दै प्रशिक्षक अल्मुताइरीले अन्य खेलाडीलाई थपेका छन् ।

बन्द प्रशिक्षणका क्रममा खेलाडीले खाना राम्रो नभएको गुनासो गरेपछि प्रशिक्षक अलमुताइरीसँग विवाद भएको थियो ।

प्रतिक्रिया