अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०२ | Colorodo: 15:17

नेपाल क्रिकेट संघले फ्रेञ्चाइज टी–ट्वान्टी क्रिकेट लिग आयोजना गर्ने

बिआरटीनेपाल २०७९ वैशाख १३ गते ७:३५ मा प्रकाशित

नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज प्रतियोगिता नेपाल टी–ट्वान्टी क्रिकेट लिग आयोजना गर्ने भएको छ । क्यानले सोमबार एक विज्ञप्ति निकाल्दै टी–ट्वान्टी लिगको घोषणा गरेको हो ।लिगलाई नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मान्यता दिएको क्यानले जनाएको छ । प्रतियोगिताको मिति भने घोषणा गरिएको छैन ।

क्यानले प्रतियोगिता आयोजना गर्न भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग सम्झौता गरिसकेको छ । कैलालीको धनगढीमा भएको क्यानको साधारणसभाले प्रतियोगिताका लागि भारतीय कम्पनीसँग गरिएको आठ वर्षको सम्झौता अनुमोदन गरेको थियो । लिगका लागि क्यान र सेभेन थ्री स्पोर्टसबीच वार्षिक ३ करोड ९० लाखको सम्झौता भएको बताईएको छ ।

प्रतिक्रिया