अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१९ | Colorodo: 09:34

च्याम्पियन्स लिगको सेमिफाइनल आजबाट सुरु

बिआरटीनेपाल २०७९ वैशाख १३ गते ७:३४ मा प्रकाशित

युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलका खेलहरु आज (मंगलबार) बाट सुरु हुने भएका छन् । यसपटक सेमिफाइनलमा दुई इंग्लीश क्लबहरूले दुई स्पेनिस क्लबसँग प्रतिस्पर्धा गर्दैछन् । मंगलबार हुने पहिलो सेमिफाइनल खेलमा म्यान्चेस्टर सिटीको भिडन्त रियाल मड्रिडसँग हुनेछ ।

दुवै टोली आ–आफ्नो देशको लिगको साविक विजेता हुन् भने जारी सिजनमा पनि लिग लिडर हुन् । क्वाटरफाइनलमा म्यान्चेस्टर सिटीले स्पेनकै अर्को टोली एथ्लेटिको मड्रिडलाई हराएको थियो भने रियाल मड्रिडले इंग्ल्याण्डको चेल्सीलाई पाखा लगाएको थियो । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा भाेली (बुधबार) राती लिभरपुलले भियारियालसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू