अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२३ | Colorodo: 17:38

टी–ट्वान्टी अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत्

बिआरटीनेपाल २०७९ वैशाख ६ गते ६:५६ मा प्रकाशित

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को टी–ट्वान्टी अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले अद्यावधिक गरेको नयाँ वरीयतामा नेपाल टी–ट्वान्टी अन्तर्राष्ट्रियमा यथावत रहेको हो । नेपालले टेष्ट राष्ट्र आयरल्याण्डलाई समेत पछि पारेको छ ।

नेपालले विश्व वरियतामा १२औं स्थान पाएको छ । आयरल्याण्ड १५ औं स्थानमा छ । नेपाल पछिल्लो १० टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा मात्र १ खेलमा पराजित भएको छ ।नेपाल दुई महिनाअघि ओमानमा भएको टी–ट्वान्टी विश्वकप छनोटमा एक खेल हार्दै सुनौलो मौका गुमाएको थियो ।

लगत्तै नेपालले घरेलु मैदानमा त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा अपराजित रहँदै उपाधि उचालेको थियो । नेपालले पपुवा न्युगिनी र मलेसियालाई पराजित गर्दै उपाधि उचालेको थियो । टी–ट्वान्टी अन्तर्राष्ट्रियको वरीयतामा भारत पहिलो स्थानमा छ । दोस्रो स्थानमा इंग्ल्यान्ड रहेको छ ।

प्रतिक्रिया