अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२२ | Colorodo: 09:37

देश श्रीलंका हुन्छ भन्नु राष्ट्रघात हो – अर्थमन्त्री शर्मा

बिआरटीनेपाल २०७८ चैत २८ गते ७:२० मा प्रकाशित

अर्थमन्त्री जनार्दन शर्माले देश श्रीलंका हुन्छ भनेर अर्थतन्त्रबारे नकारात्मक टिप्पणी गर्नु अनावश्यक भएको बताउनुभएको छ । देश श्रीलंका हुन्छ भन्नु राष्ट्रघात भएको मन्त्री शर्माले बताउनुभयो । अफवाहहरूलाई जोड्दै जोड्दै लिएर देश श्रीलंका हुन्छ भन्नेतिर लग्न खोजिएको आरोप लगाउँदै उहाँले यस्तो प्रवृत्तिलाई राष्ट्रघातको संज्ञा दिनुभयो ।

सरकारले वृद्धभत्ता कटौती गर्न लागेको, अन्य काम पनि कटौती गर्न लागेको भन्दै भ्रम फैलाउने काम भइरहेको उहाँको भनाइ छ । सरकारले आवश्यकता अनुसार बजेटको व्यवस्था गरिरहेको दावी गर्दै उहाँले बृद्धभत्ता कटौती गर्न लाग्यो, यसो गर्न लाग्यो भनेर सरकार विरुद्ध भ्रम फैलाउने काम भइरहेको र ती सबै अफवाहहरू मात्रै भएको बताउनुभयो ।

ठूलो–ठूलो स्वरमा अर्थतन्त्र सकियो भन्दै राजनीतिकरण गर्न खोजिएको मन्त्री शर्माको भनाई छ । अहिले पनि नेपालको ट्रेजरीमा ६७ अर्ब पैसा रहेको उहाँले बताउनुभयो । यसैबीच, अर्थमन्त्री शर्माले गभर्नरमाथि गरिएको कारबाही कानुन सम्मत भएको पनि बताउनुभएको छ । छानविन समितिको रिपोर्ट आएपछि धेरै कुरा प्रष्ट हुने बताउदै उहाँले समितिले काम गरिहेको बेलामा गभर्नरमाथि लागेको आरोपबारे धेरै नबोल्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू