अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३५ | Colorodo: 18:50

युक्रेनी राष्ट्रपति जेलेन्स्की संयुक्त राष्ट्रसंघमा सम्बोधन गर्ने

बिआरटीनेपाल २०७८ चैत २२ गते ८:३४ मा प्रकाशित

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आज मंगलबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठकलाई सम्बोधन गर्ने भएका छन् । रुसले युक्रेनमाथि गरिरहेको आक्रमणको जानकारी गराउन राष्ट्रपति जेलेन्स्कीलाई सम्बोधन गर्न लागेका हुन् । युक्रेनको एक सहर बुचामा भएको हत्याको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरिरहेको बेला राष्ट्रपतिले सम्बोधन गर्न लागेका हुन् ।

जर्मनी, फ्रान्स, ब्रिटेन र नेटोका नेताहरूले युक्रेनमा भएको हत्याबारे स्तब्ध भएको प्रतिक्रिया दिएका छन् भने युरोपेली आयोगकी प्रमुखले रुसविरुद्ध थप प्रतिबन्धहरू लगाउने प्रतिबद्धता दिएकी छिन् ।

जेलेन्स्कीले बुचामा भएको आम नागरिकको कथित हत्याको खुला र पारदर्शी अनुसन्धान हुनुपर्ने माग गर्दै आएका छन् । राजधानी कीभ युद्ध क्षेत्रबाट रुसी सेनाहरू फर्किने क्रममा जथाभाबी बुचामा ४ सय भन्दा बढि मानिसहरूको हत्या गरेको युक्रेनले दाबी गरेको छ । यद्यपी युक्रेनी राष्ट्रिपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशले रुस विरुद्धको लडाइँ जित्ने बताएका छन् ।

आज ४१ दिनसम्म पनि युक्रेनले रुसी आक्रमणलाई थेगिरहेको छ । यसरी युद्ध थेग्न सक्नुको कारण सैनिकहरूको उच्च हौसला, उपयुक्त निर्देशन र नियन्त्रण, सहि रणनीति र सुचना प्रवाह हुन सक्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू