अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५७ | Colorodo: 17:12

श्रीलंकामा राजीनामाकाे लहर, अर्थमन्त्रीले नियुक्त भएको भोलिपल्टै राजीनामा

बिआरटीनेपाल २०७८ चैत २२ गते ८:३२ मा प्रकाशित

चरम आर्थिक संकटले गाँजेको श्रीलंकामा एकपछि अर्को व्यक्तिले राजीनामा दिने लहर चलेको छ । श्रीलंकाका नवनियुक्त अर्थमन्त्री अली सार्बेले पनि पदबाट राजीनामा दिनुभएको छ । नियुक्त भएको भोलिपल्टै सार्बेले राजीनामा दिनुभएको हो ।

‘यसबाट पर्न गएको असुविधाप्रति म खेद व्यक्त गर्दछु,’ उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘म विश्वास गर्छु कि मैले सधैं देशको हितमा काम गरेको छु ।’

देशको समस्या समाधान गर्न नयाँ, सक्रिय र अपरम्परागत कदमहरू आवश्यक रहेको उहाँको औंल्याउनुभयो । यसअघि सोमबार मन्त्रिपरिषद्का सबै सदस्यले पदबाट सामूहिक राजीनामा दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू