अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२१ | Colorodo: 19:36

अरुलाई रोक्दै ,अमेरिका रुससँग ठूलो मात्रामा तेल खरीद गर्दै

बिआरटीनेपाल २०७८ चैत २२ गते ८:३१ मा प्रकाशित

रुस र युक्रेनबीच युद्ध चलिरहेका बेला अमेरिकाले भने रुससँग ठूलो मात्रामा तेल खरीद गरेको रुसी अधिकारीको दाबी छ । रुसले बिना कारण युक्रेनमाथि आक्रमण शुरु गरेपछि अमेरिकाले रुसलाई सबै देशले प्रतिबन्ध लगाउनु पर्छ भन्दै आइरहेको थियो । तर त्यसो भन्ने अमेरिकाले भने अरु देशलाई रोकेर आफूले भने रुससँग तेल खरीद गरेको रुसी अधिकारीले खुलासा गरेका हुन् । अमेरिकाले रुससँग ठूलो मात्रामा तेल खरीद गरेको रुसी अधिकारीहरुको दाबी छ ।

अमेरिकाले एक तर्फ रुससँग निकै ठूलो मात्रामा तेल खरीद गरेर आफ्नो तेल भण्डार बढाइरहेको र अर्को तर्फ युक्रेनमा रुसले आक्रमण गरेको भन्दै अरू देशलाई रुसबाट तेल नकिन्न दबाब दिइरहेको रुसी अधिकारीको भनाई छ । रुसी सुरक्षा परिषद्का उपसचिव मिखाइल पोपोवले गत आइतबार रुसी सञ्चार माध्यम मार्फत अमेरिकाले पछिल्लो एक सातामा रुसबाट कच्चा तेल खरीदमा ४३ प्रतिशले बढाएको बताएका छन् र बताएका छन् । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार अमेरिकाले रुसबाट दैनिक १ लाख ब्यारेलभन्दा बढी कच्चा तेल खरीद गरिरहेको छ ।

चिनियाँ खबर ग्लोबल टाइम्सका अनुसार रुसी अधिकारीले युरोपले अमेरिकाबाट यस्तै आश्चर्यजनक मनोवृतिको अपेक्षा गर्नुपर्ने बताएका छन् । युरोप कच्चा तेल र प्राकृतिक ग्याँसको लागि रुसमा निर्भर छ । यो जान्दा जान्दै पनि अमेरिका आफू भने इन्धन खरीदमा लागेर युरोपका देशलाई चाहि रुसमाथि थप प्रतिबन्ध लगाउनु पर्ने भन्दै आइरहेको छ ।

विश्लेशकहरूका अनुसार रुस–युक्रेन संकट र रुसी तेलमाथि प्रतिबन्धबाट सबैभन्दा ठूलो फाइदा अमेरिकाले लिइरहेको छ । किनकि अमेरिकाले रुसी तेल खरीद गरेर आफ्ना युरोपेली सहयोगिहरूलाई फसाउँदै गरेको देखिन्छ । अरू देशलाई रुसी तेल किन्नबाट अस्वीकार गर्न लगाएको अमेरिकाले रुससँग आफूले तेल खरीद गरेर युरोपेली देशहरूमा उच्च मुल्यमा बेचिरहेको छ । अमेरिकाको यो रबैयाले सबैलाई आश्चर्यमा पारेको विश्लेषकहरुको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू