अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५७ | Colorodo: 17:12

पाकिस्तानमा इमरानखान कार्यबाहक प्रधानमन्त्री घोषित

बिआरटीनेपाल २०७८ चैत २१ गते ७:५९ मा प्रकाशित

पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले इमरान खानलाई पाकिस्तानको प्रधानमन्त्री चयन हुने समय सम्मका लागि कार्यबाहक प्रधानमन्त्री घोषित गरेका छन । पाकिस्तानमा कार्यबाहक प्रधानमन्त्रीको संविधान अनुसार नियुक्त हुने र जबसम्म यो नियुक्ति हुँदैन तबसम्म इमरान खान नै प्रधानमन्त्रीको जिम्मवारी निर्वाह गर्ने छन । आइतबार पाकिस्तानी राष्ट्रपतिले संसद विघटन गरेका थिए। संसद विघटन भएसँगै खान प्रधानमन्त्रीबाट मुक्त भएका हुन् ।

नेशनल असेम्बलीमा इमरान खानको विरुद्धमा लगाइएको अविश्वासकाे प्रस्तावलाई संसदका उपाध्यक्ष कासिम सुरीले असंवैधानिक बताउँदै खारेज गरेपछि इमरान खानले राष्ट्रपति समक्ष संसद विघटन गर्न सिफारिस गरेकाथिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू