अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०४ | Colorodo: 18:19

रुससँग पेट्रोलियम पदार्थ खरिद गर्न नयाँ नियम लागू

बिआरटीनेपाल २०७८ चैत १८ गते ८:१४ मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुससँग पेट्रोलियम पदार्थ खरिद गर्न चाहने देशले रुसी बैंकमा रुसी मुद्रामै खाता खोल्नुपर्ने नयाँ नियम लागू गर्नुभएको छ ।
रुसबाट ग्यास खरिद गरिरहेका देशहरुले रुसमाथिको अमेरिकी नाबाकन्दीलाई साथ दिएपछि रुसले यस्तो प्रावधान लागू गरेको हो । रुसी व्यवस्थाको जर्मनीले भने विरोध गरेको छ । अन्तर्राष्ट्रिय ग्यास कारोबारको मुद्दालाई राजनीतिक हिसाबले ब्ल्याकमेलीङ नगर्न जर्मनीले रुसलाई सचेत तुल्याएको हो ।

रुसले भने पश्चिमाहरुको नाकाबन्दीको सामना गर्न आफूसँग रुसी मुद्रामै कारोबारको ग्यारेन्टी हुनुपर्ने अडान लिईरहेको छ । यही अप्रिल १ अर्थात आजदेखि रुसी मुद्रामा कारोबार नगरे ग्यास आपूर्ती रोकिदिने चेतावनी रुसले दिएको छ । खासगरी रुससँग मित्रवत सम्बन्ध नराख्ने मुलुकहरुको लागि यो प्रावधान लागू गरिएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको तर्क छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू