अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२८ | Colorodo: 15:43

श्रीलंकाका सर्वसाधरण सरकार विरुद्ध प्रदर्शनमा उत्रे

बिआरटीनेपाल २०७८ चैत १८ गते ८:०२ मा प्रकाशित

आर्थिक संकटमा फसेका श्रीलंकाका सर्वसाधरण सरकार विरुद्ध प्रदर्शनमा उत्रेका छन् । खाद्यान्न अभाव र मंहगीको बिरोधमा रातको समयमा कोलोम्बोमा भेला भएका उनीहरु राष्ट्रपति गोटाबाया राजपक्षेको घरतर्फ अघि बढ्दा प्रहरी र सर्वसाधारणबीच झडप समेत भएको छ ।

करिब ५ हजारको संख्यामा भेला भएका प्रदर्शनकारीले सरकार विरुद्ध चर्को नारा लगाउनुका साथै सडक अवरुद्ध गर्दा प्रहरीले उनीहरुमाथि धरपकड गरेको हो । सेना र प्रहरीको गाडीमा समेत आगजनी गरेपछी प्रहरीले अश्रग्यास रबरको गोली प्रहार गर्दा केही प्रदर्शनकारी घाइते भएका छन् ।

सोही क्रममा केही प्रदर्शनकारीहरुले राष्ट्रपति निवासकोे पर्खाल चढ्ने प्रयास गर्दा ४५ जना प्रदर्शकारी पक्राउ परेका छन् । श्रीलंकामा केही दिन अघि लगाइएको कर्फ्यू हटे लगत्तै बिरोध प्रदर्शन भएको हो । प्रदर्शनकै बीच राजधानी कोलोम्बो लगाएत अन्य शहरहरुमा सेनासमेत परिचालन गरिएको छ । ऋणको बोझमा रहेको श्रीलंकाले गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ ।

प्रदर्शनकारीहरुले राष्ट्रपति गोटाबायाले पद त्याग नगरेसम्म प्रदर्शन जारी राख्ने अडान लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू