अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३८ | Colorodo: 22:53

३८ लाख युक्रेनी नागरिकले देश छाडे,व्यवस्थापन गर्न छिमेकी देशलाई समस्या

बिआरटीनेपाल २०७८ चैत १५ गते ९:१० मा प्रकाशित

रुसले युक्रेनमाथि आक्रमण गरेयता ३८ लाख युक्रेनी नागरिकले आफ्नो देश छोडेर छिमेकी मुलुकमा शरण लिन पुगेका छन् । गत २४ फेब्रुअरीदेखि रुसले बिना कारण युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । युक्रेन भन्दा धेरै शक्तिशाली मानिएको रुसले युक्रलेनलाई चाँडै कब्जामा लिन सक्ने विश्वास गरेको थियो । तर रुसी सेनासमक्ष युक्रेनी सेनाले आत्मसमर्पण नगरी बहादुरीपूर्वक लडिरहेका कारण युद्ध रुसले सोचे बिपरित लम्बिएको छ । यो युद्ध कहिले अन्त्य होला भन्ने टुंगो छैन ।

रुसले युक्रेनका सबै पूर्वाधार र आवासीय भवनहरु रकेट र बम आक्रमणले ध्वस्त पारिदिएको छ । रुसी आक्रमणबाट जोगिन युक्रेनी नागरिकहरु आफ्नो देश छोडेर अरु देशमा शरण लिन पुगेका हुन् । युक्रेन छोडेका मध्ये धेरै पोल्याण्मा शरण लिन पुगेका छन् । युक्रेन छोड्ने ३८ लाख मध्ये २३ लाखले पोल्याण्डमा शरण लिएका छन् भने बाँकी मानिसहरु रोमानिया,मोल्दोभा, हंगेरी तथा स्लोभाकिया जस्ता देशहरूमा शरण लिन पुगेका छन् ।

अरु देशमा शरण लिन जानेहरुमा मुख्यतया महिला र बालबालिकाहरू रहेका अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । संयुक्त राष्ट्र संघका अनुसार रुसले युक्रेनमा आक्रमण गरेयता बिगत ७ दशकमा युरोपमा भएको यो सबैभन्दा ठूलो बिनास हो । रुसले युक्रेन माथि लगातार बमबारी र गोला बारुद वर्षाईरहेको छ । छिमेकी देशहरूले पनि युक्रेनी नागरिकहरूलाई आफ्नो देश प्रवेशमा अनुमति दिएका छन् ।

छिमेकी देशमा शरणार्थी बन्न पुगेका मानिसहरुलाई आवास र प्राथमिक स्वास्थ्य सेवाको अतिरिक्त उनीहरुलाई आगामी केहि बर्ष सम्म शिक्षाको व्यवस्था गर्नुपर्नेछ । यति ठूलो शरणार्थी संख्यालाई समायोजित गर्न पूर्वी युरोपेली देशलाई मुस्किल पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू