अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३९ | Colorodo: 14:54

साफ यू–१८ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

बिआरटीनेपाल २०७८ फागुन २६ गते ७:४० मा प्रकाशित

अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू–१८ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा गरेको छ । यू–१८ टिमका प्रमुख प्रशिक्षक दर्शन भक्ता राज लावतीले २३ खेलाडी सम्मिलित टोली घोषणा गरेको एन्फाले जनाएको छ । च्याम्पियनसिप भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म हुनेछ ।

नेपाल च्याम्पियनसिपका लागि शनिबार भारत प्रस्थान गर्नेछ । च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहने छ । डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले आयोजक भारतसँग खेल्नेछ । नेपाल र भारतबीचको खेल मार्च १५ मा हुनेछ ।

दोस्रो खेलमा नेपालले मार्च १७ मा बंगलादेशको सामना गर्नेछ । यस्तै मार्च २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्नेछ । शीर्ष टोलीले उपाधि जित्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू