अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३४ | Colorodo: 16:49

श्रीलंका विरुद्धको अभ्यास खेलमा नेपालको जित

बिआरटीनेपाल २०७८ फागुन २६ गते ७:३८ मा प्रकाशित

श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिसमाथि फराकिलो जित हात पारेको छ । श्रीलंका पुलिसको मैदानमा बिहीबार भएको खेलमा नेपालले १ सय ४४ रनको फराकिलो जित हात पारेको हो ।

३ सय ३२ रनको लक्ष्य पछ्याएको श्रीलंका पुलिस ३६ ओभर ५ बलमा मात्र १ सय ८७ रन बनाउँदा अल आउट भयो ।नेपालको जितमा करण केसीले अलराउण्ड प्रदर्शन गरे । विस्फोटक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेका करणले बलिङ तर्फ ४ विकेट हात पारे । यस्तै सगर ढकाल तथा कप्तान सन्दीप लामिछानेले समान २/२ विकेट लिए ।

कमल सिंह ऐरीले १ विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३१ रन बनायो । श्रीलंका पुलिसविरुद्ध नेपालका चार खेलाडीले अर्धशतक पूरा गरे ।

अर्धशतक बनाउनेमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख तथा रोहित कुमार पौडेल र करण केसी रहे । रोहितले नेपालका लागि सर्वाधिक ७२ रनको इनिङ खेले । कुशलले ५७ रनको अर्धशतकीय इनिङ खेल्दा करणले अविजित ५३ रन जोडे । अर्का ओपनर आसिफ ५२ रन बनाएर मैदान बाहिरिए । कमल सिंह ऐरीले अविजित ४५ रनको योगदान गरे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू