अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५२ | Colorodo: 20:07

तोलामा १ हजारले बढ्यो सुनको मूल्य

बिआरटीनेपाल २०७८ फागुन ५ गते ७:२३ मा प्रकाशित

साताको पाँचौं दिन आज बिहीबार बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार १ हजार रुपैयाँले बढेर ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन तोलामा १६ सयले घटेको थियो ।

तेजावी सुन प्रतितोलामा ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू