अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४९ | Colorodo: 20:04

निजगढमा विमानस्थल निर्माणको काम नरोकिने मन्त्री आलेको प्रतिबद्धता

बिआरटीनेपाल २०७८ फागुन ५ गते ७:०२ मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम नरोकिने बताउनुभएको छ । बिहीबार निजगढमा पत्रकार सम्मेलनमा मन्त्री आलेले निजगढमा निर्माण गर्ने अन्तर्राष्ट्रिय विमानस्थलको काम अब चाँडै सुरू हुने पनि बताउनुभयो ।

विमानस्थलको धावनमार्ग बनाउने क्षेत्रमा पर्ने टाङिया क्षेत्रका नागरिकलाई उचित व्यवस्थापन गर्ने र विमानस्थलको काम सुरू गर्ने उहाँको भनाइ छ ।मन्त्री आलेले निजगढ विमानस्थलको काम स्थानीय तहको निर्वाचनभन्दा अगाडि नै सुरू हुनेसमेत प्रष्ट पार्नुभयो । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि डीपीआर तयार भइसकेकाले काम चाँडै सुरू हुने उहाँले बताउनुभयो ।

सरकारले जिटुजीलगायत अन्य क्षेत्रबाट बजेट व्यवस्था गरेर भए पनि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुरू गर्ने बताउनुभयो । विमानस्थल निर्माणका लागि जीतपुर सिमरा उपमहानगरपालिका–१६ स्थित टाङियाबस्ती पुनःस्थापना गर्नुपर्ने मुख्य काम भएकाले बस्ती स्थान्तरणको काम चाँडै सम्पन्न गरेर काम अगाडि बढाइने उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू