अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१४ | Colorodo: 23:29

उत्तर कोरियाका नेता इलको नाममा राखिएको फूल नफुलेपछि मालीलाई सजाय दिइयो

बिआरटीनेपाल २०७८ फागुन ३ गते ७:०९ मा प्रकाशित

उत्तर कोरियाका नेता किम जोङ उनका पिता किम जोङ इलको जन्म दिनको पूर्वसन्ध्यामा उनको नाममा राखिएको एउटा फूल नफुलेको भन्दै दुई जना मालीलाई सजाय दिइएको छ ।किमजोङइला नाम दिइएको रातो फूल नफक्रिएको भन्दै मालीहरुलाई ६ महिना श्रम शिविरमा पठाइएको हो । उत्तर कोरियाले हरेक वर्ष फेब्रुअरी १६ मा किम जोङ इलको जन्म दिन मनाउने गर्दछ ।

यस दिनलाई उत्तर कोरियामा डे अफ साइनिङ स्टारसमेत भनिन्छ । साथै यस दिनलाई देशकै सबै भन्दा ठूलो पर्वको रुपमा प्रचार गरिन्छ । परम्परागत रुपमा उत्तर कोरियाली सहरका सडकहरु इलको जन्म दिन अगाडि रातो फूलले सजाइन्छ ।

तर, यो वर्ष किमजोङइला फूल हुर्काउन ग्रीनहाउसमा उचित तापक्रम र आद्रता मिलाउन नसकेको आरोप मालीहरु माथि लगाइएको छ । उत्तरी प्रान्त र्याङग्याङको सामसु कन्ट्रीस्थित एउटा फार्मका प्रबन्धक पक्राउ परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू