अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०३ | Colorodo: 02:18

युक्रेनको सम्बन्धमा कूटनीतिक मार्ग पूर्णरुपमा बन्द नभएको अमेरिका र बेलायतको धारणा

बिआरटीनेपाल २०७८ फागुन ३ गते ७:०५ मा प्रकाशित

अमेरिका र बेलायतले युक्रेनको संकट समाधानको सम्बन्धमा कूटनीतिक मार्गअझै पूर्णरुपमा बन्द नभएको बताएका छन् ।अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनबीच सोमबार भएको टेलिफोन संवादमा युक्रेन संकटका विषयमा छलफल भएको हो ।रुसले युक्रेनमाथि सैन्य आक्रमणको तयारी गरेको आरोप अमेरिकासहित पश्चिमा राष्ट्रले लगाउँदै आएका छन् । रुसले भने आक्रमणको तयारी नरहेको दावी गर्दै आएको छ ।

तर युक्रेनसँगको सीमा क्षेत्रमा रुसले आफ्ना करिब एक लाख सैनिक तैनाथ गरेकोछ । एक दर्जन भन्दा बढी देशले आफ्ना नागरिकलाई युक्रेन छोड्न भनेका छन् ।अमेरिकाले कुनै पनि बेला हवाई बमबारी हुन सक्ने आशंका गरेकोछ ।तर समस्या समाधानका लागि कूटनीतिक मार्ग अझै बाँकी रहेको निष्कर्ष बाइडेन र जोन्सनले निकाल्नुभएको छ । रुसलाई सैन्य आक्रमणबाट पछि हट्न मनाउन कूटनीतिक प्रयास जारी राख्ने उहाँहरुको तर्क छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू