अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५३ | Colorodo: 23:08

फ्रान्समा एक भवनमा आगलागी हुँदा सात जनाको मृत्यु, ३० जना घाईते

बिआरटीनेपाल २०७८ फागुन ३ गते ६:५९ मा प्रकाशित

दक्षिणी फ्रान्सेली विभाग पाइरेनिस–ओरिएन्टलेसको एक भवनमा आगलागी हुँदा सात जनाको मृत्यु भएको फ्रान्सेली गृहमन्त्री गेराल्ड डार्मानिनले बताउनु भएको । फ्रान्स ब्लु ब्रोडकास्टरका अनुसार घटना बिहान भएको हो ।

आगो भुइँ तल्लामा रहेको एउटा किराना पसलमा फैलिएको र नजिकैका भवनहरूमा फैलिदा कम्तिमा ११ अपार्टमेन्टहरूमा क्षती पुगेको थियो । आगलागीमा परी करिब ३० जना घाइते भएको बताइएको छ । मन्त्रीका अनुसार घटना बारे अनुसन्धान थालिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू