अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२८ | Colorodo: 01:43

चीनको बेइजिङलगायत क्षेत्रमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

बिआरटीनेपाल २०७८ फागुन २ गते ६:१३ मा प्रकाशित

चीनको बेइजिङमा शीतकालीन ओलम्पिक चलिरहेकाे समयमा हिमपात र  वर्षा भएको छ ।हिमपातका कारण केही ठाउँमा गाडी चल्न सकेका छैनन् भने बाक्लो हिउँ जम्दा जनजीवन  प्रभावित भएको छ ।

भारी हिमपात भएपछि शीतकालीन ओलम्पिकका केही खेल समेत  स्थगित गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।स्थानीय अधिकारीकाअनुसार विशेष गरी सन् २०२२ को बेइजिङ शीतकालीन ओलम्पिकका लागि पुगेका पाहुना तथा आयोजकको सहजीकरणका लागि सहरमा जमेका हिउँ सफा गर्ने काम सुरु गरिएको छ ।

हिमपातले ओलम्पिकमा सहभागी हुन पुगेका खेलाडी र पाहुना प्रभावित भएका छन् । त्यहाँको मौसम विज्ञान पूर्वानुमान शाखाले बेइजिङसहित शान्सी, हेबइ, तियान्जिन, शिजियाङलगायत क्षेत्रमा भारी हिमपात भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू