अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४६ | Colorodo: 07:01

शेयर बजार आज सामान्य बढ्याे

बिआरटीनेपाल २०७८ फागुन २ गते ५:५३ मा प्रकाशित

हिजो आइतवार एक सय अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज साेमवार भने सामान्य बढेको छ । आज नेप्से शून्य दशमलव ०८ अङ्कले बढेर दुई हजार सात सय दशमलव ९८ विन्दुमा पुगेको छ ।आज जीवन बीमा, होटल तथा पर्यटन, विकास बैंक, जलविद्युत्, फाइनान्स, मोइक्रोफाइनान्स र अन्य समूहको शेयर बढेको छ ।

आज दुई सय २७ कम्पनीका ७५ लाख ४९ हजार कित्ता शेयर तीन अर्ब ६८ करोड ४० लाखमा किनबेच भएकाे छ । सबैभन्दा धेरै नेशनल हाइड्रोपावरको ५४ करोड ९१ लाख बराबरको शेयर किनबेच भयो । आज बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर भने सबैभन्दा धेरै झन्डै चार प्रतिशतले घट्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू