अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५३ | Colorodo: 23:08

रुससँग औपचारिक वार्ता गर्न चाहेको युक्रेनको भनाइ

बिआरटीनेपाल २०७८ फागुन २ गते ५:४९ मा प्रकाशित

युक्रेनले आफ्नो सीमामा तनाव बढेपछि रुससंग वार्ताको प्रस्ताव राखेको छ । युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले रुसी अधिकारीहरु तथा युरोपेली सुरक्षा समुहका सदस्यहरुलाई ४८ घण्टाको समयसीमा भित्र वार्ताका लागि आब्हन गर्नुभएको हो । विदेशमन्त्री कुलेबाले युक्रेनप्रतिको रुसी योजना पारदर्शी हुनुपर्ने भन्दै वार्ताको पहल गरेको बताउनुभएको छ ।

युक्रेनको सीमामा १ लाख बढी रुसी सेनाको तैनाथीपछी युक्रेन र रुसबीच युद्ध हुन सक्ने त्रासकाबीच युक्रेनले वार्ताको प्रस्ताव गरेको हो । यद्पी रुसले युक्रेनलाई वार्ताको प्रस्तावबारे कुनै जवाफ दिएको छैन । यसअघी युक्रेनले भियना सम्झौताको कागजातका बारेमा अध्ययन गर्न रुसलाई आग्रह गरेको थियो ।

युक्रेनलाई पश्चिमा राष्ट्रहरुले रुसले गर्न सक्ने आक्रमणका लागि सचेत रहन बारम्बार अपील गरेपछी युक्रेक सशंकित बनेको छ । यसअघि बिश्वका एक दर्जनभन्दा बढी राष्ट्रहरुले युक्रेनमा रहेका आफ्ना नागरिकलाई फिर्ता बोलाइसकेका छन ।

नेटोमा युक्रेनलाई आवद्ध गरेको विषयमा रुष्ट बनेको रुसले युक्रेनमाथि आक्रमण गर्ने योजना बनाइरहेको आशंका गरिए पनि रुसले भने खण्डन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू