अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२४ | Colorodo: 22:39

शब्दसारथिमा ‘क्वारेनटाइन’ चर्चा

बिआरटीनेपाल २०७८ फागुन १ गते १७:४९ मा प्रकाशित

बोस्टन, अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अनलाइन साहित्यिक कार्यक्रम ‘शब्दसारथि’मा आइतबार ‘क्वारेनटाइन’ उपन्यासको चर्चा गरिएको छ । अनेसासका पूर्व अध्यक्षसमेत रहेका पदम विश्वकर्माद्वारा लिखित उक्त उपन्यासका बारेमा नेपाल र अमेरिकामा रहेका विभिन्न साहित्यकार र समालोचकहरूले आ-आफ्नो मन्तव्य राखेका छन् ।

कोरोना कहरका विषयमा अमेरिकी जनजीवनमा परेको प्रभावमा आधारित उक्त उपन्यासका बारेमा राजकुमार बानिया, महेश पौड्याल, डा.ऋषि बस्ताकोटी, राजेन्द्रप्रसाद अर्याल,विश्वराज अधिकारी, भवानी खतिवडा, खेमराज पोखरेल, डा. रेणुका सोलुले समालोचकीय विचार राखे ।
उपन्यासकार विश्वकर्माद्वारा लेखकीय मन्तव्य राखिएको कार्यक्रममा अनेसास बोर्ड अफ ट्रस्टी सभापति गीता खत्री, संस्थापक अध्यक्ष होमनाथ सुवेदी, बोर्ड अफ ट्रस्टी सल्लाहकार रोहिणी शर्मा , अनेसासका पूर्व अध्यक्ष मोहन सिटौला, बोर्ड अफ ट्रस्टी सदस्य तीर्थराज अधिकारी, अनेसास केन्द्रीय उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव सर्वज्ञ वाग्ले, कोषाध्यक्ष कृष्णकुमार गिरीलगायतले शुभकामना व्यक्त गरे ।

‘शब्दसारथि’को १२औँ शृङ्खला स्वरूप प्रस्तुत भएको उक्त कार्यक्रम अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको संयोजनमा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू