अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०३ | Colorodo: 02:18

अस्ट्रेलियामा कोरोना भाइरसविरुद्धको खोप अनिवार्य नियमविरुद्ध प्रदर्शन

बिआरटीनेपाल २०७८ फागुन १ गते ७:२८ मा प्रकाशित

अस्ट्रेलियाली सरकारले लगाएको अनिवार्य खोपको नियमको विरोध गर्दै अस्ट्रेलियाको राजधानी क्यानबेरामा प्रदर्शन सुरु भएको छ । कोरोना भाइरस विरुद्धको खोप अनिवार्य गरिएपछि असन्तुष्ट सर्वसाधारणले संसद् भवन अगाडि प्रदर्शन गरेका हुन्  ।

खोप नलगाएकालाई सार्वजनिक कार्यक्रम स्थल, रेस्टुराँ तथा सांगीतिक कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएपछि अस्ट्रेलियामा विरोध चर्किएको छ । प्रदर्शनमा करिब १० हजार सहभागी भएका थिए । अधिकारीहरूले क्यानबेरास्थित एक्जिबिसन पार्कबाट आइतबारसम्म हटिसक्न प्रदर्शनकारीलाई आदेश दिएका छन् । खोप अनिवार्य गर्ने सरकारी नियमको विरोध गर्दै आएका प्रदर्शनकारी करिब एक सातादेखि उक्त स्थानमा छन् ।

अस्ट्रेलियामा खोप लगाउन योग्यमध्ये करिब ९० प्रतिशतले दोस्रो र ९५ प्रतिशतले पहिलो मात्रा लगाइसकेका छन् । तर पनि पछिल्ला दिनहरूमा सरकारले लगाएको नियमको विरोध हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू