अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१० | Colorodo: 06:25

एमसीसीबारे ओली गैरजिम्मेवार : प्रचण्डकाे सचिवालय

बिआरटीनेपाल २०७८ माघ २८ गते ६:०१ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले अमेरिकी सहयोग (एमसीसी) का सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओली गैरजिम्मेवार भएको आरोप लगाएको छ ।दाहालका स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले दाहालको प्रस्तावलाई गम्भीर रूपमा नलिएको र एमसीसीबारे गैरजिम्मेवार बनेको आरोप लगाउनुभएको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गएको वर्षदेखि सम्बन्ध चिसिएका एमाले अध्यक्ष ओलीलाई हिजो बुधवार बेलुकी फोन गरेर अमेरिकी सहायता परियोजना एमसीसीलाई चुनावसम्म यथास्थितिमा राख्ने प्रस्ताव गर्नुभएको थियो । तर ओलीले  बरु तपाईँहरूसँग बहुमत छ, पास गर्नुस्, तर गैरसांसद संसदमा रहँदासम्म संसद् चल्न भने दिन्नौँ भनेर पूरै गैरजिम्मेवार जवाफ फर्काउनुभएको स्वकीय सचिव रमेश मल्लले बताउनुभएको छ । कुनै बेला एउटै पार्टीको संयुक्त अध्यक्ष रहेका ओली र दाहालबीच लामो समयपछि टेलिफोन संवाद भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू