अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०९ | Colorodo: 04:24

विदेशी विनिमय सञ्चिति घट्दाे, शोधानान्तर घाटा चुलियो, वैदेशिक लगानी भने ४८ प्रतिशतले बढ्यो

बिआरटीनेपाल २०७८ माघ २६ गते ५:४२ मा प्रकाशित

विदेशी विनिमयको सञ्चिति १७ प्रतिशतभन्दा धेरैले घटेको छ । असार मसान्तमा १३ खर्ब ९९ अर्ब रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति पुसमा आइपुग्दा १६ दशमलव ७ प्रतिशतले कमी आइ ११ खर्ब ६५ अर्ब ८० करोड रुपैयाँमा झरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको सञ्चिति असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा पुस मसान्तमा १५ दशमलव ९ प्रतिशतले कमी आइ नाै अर्ब ८९ करोड रुपैयाँमा झरेको छ । ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति सात महिनाको वस्तु आयात र ६ महिना ६ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

यस्तै चालु खाता तीन खर्ब ५४ अर्ब सात करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको ६ महिनामा चालु खाता ५१ अर्ब ६८ करोड रुपैयाँले घाटामा रहेको थियो ।  यस्तै शोधनान्तर स्थिति दुई खर्ब ४१ अर्ब २३ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको ६ महिनामा शोधनान्तर स्थिति एक खर्ब २४ अर्ब ९२ करोड रुपैयाँले बचतमा रहेको थियो ।

यी सबैका बीच प्रत्यक्ष वैदेशिक लगानी भने बढेको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी ४८ दशमलव १ प्रतिशतले वृद्धि भइ ११ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको ६ महिनामा सात अर्ब ६६ करोड रुपैयाँ मात्रै प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू