अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२३ | Colorodo: 01:38

अस्ट्रेलियाका लागि भिसा खुला हुँदै

बिआरटीनेपाल २०७८ माघ २४ गते ६:४३ मा प्रकाशित

अस्ट्रेलियाले कोरोनाका कारण विगत दुई वर्षदेखि प्रतिवन्ध लगाएको भिसा प्रक्रिया यही फेबु्रअरी २१ बाट खोल्ने निर्णय गरेको छ । यही २१ फेब्रुअरीदेखि कोरोना विरुद्धको दुई डोज खोप लगाएका व्यक्तिहरुले पर्यटक भिसामा अष्ट्रेलिया घुम्न पाउने भएका छन् ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिससले कोरोना महामारी कम भएकाले पर्यटक र विदेशी विद्यार्थीका लागि भिसा प्रक्रिया खुला गरेको जानकारी दिनुभयो । यसअघि कोराना महामारीकाबीच अष्ट्रेलियमा सन् २०२० मा पर्यटक र विद्यार्थीका लागि प्रवेशमा रोक लगाईएको थियो ।

गत डिसेम्बरको अन्त्यमा भने केही बिद्यार्थीका लागि भिसा प्रक्रिया खुला गरिएको थियो । अष्ट्रेलियामा कोरोना प्रभावितहरुको संख्या २७ लाख नाघेको छ भने हालसम्म ४ हजार २ सय बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू