अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५२ | Colorodo: 23:07

युवराज चार्ल्स राजा बनेपछि क्यामिला नै रानी बन्छिन : बेलायती महारानी

बिआरटीनेपाल २०७८ माघ २३ गते १:१२ मा प्रकाशित

बेलायती महारानी एलिजावेथ द्वितीयाले युवराज चार्ल्स राजा बनेपछि उहाँकी पत्नी क्यामिला नै रानी बन्ने स्पष्ट पार्नु भएको छ । गद्दी आरोहणको हिरक उत्सवको अवसरमा शनिबार एक सन्देश जारी गर्दै महारानी एलिजावेथले क्यामिलाको पक्षमा धारणा प्रष्ट पार्नु भएको हो । क्यामिला युवराज चार्ल्सकी दोस्रो श्रीमती हुन ।

युवराज्ञी डायनाको कार दूर्घटनामा निधन भएपछि युवराज चार्ल्सले प्रेमिका क्यामिलासँग दोस्रो विवाह गर्नु भएको हो । चाल्र्सले विवाह गरे पनि क्यामिला रानी बन्न पाउने नपाउने विषय बेलायती राजनीतिमा बहसको विषय बन्दै आएको छ ।

तर महारानी एलिजावेथले युवराज चार्ल्सले गद्दी आरोहण गरेपछि उनीसँंगै गद्दीमा बस्ने अधिकार क्यामिलालाई रहेको भन्दै बहसलाई बन्द गरिदिनु भएको हो । ९५ वर्षिया महारानी एलिजावेथले लिखित एक सन्देशमा भन्नु भएको छ–मेरो छोरा चार्ल्स राजा बनेपछि उनी र उनकी रानी क्यामिलालाई पनि मलाई जस्तै सहयोग र सद्भाव प्राप्त हुने छ भन्नेमा पूर्ण विश्वस्त छु ।”

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू