अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०१ | Colorodo: 22:16

पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना, ७ जनाको ज्यान गयो

बिआरटीनेपाल २०७८ माघ २२ गते ५:२६ मा प्रकाशित

पेरुको नाज्का मरुभूमिमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा ७  जनाको ज्यान गएको छ । पर्यटकहरूलाई नाज्का लाइनहरू देखाउन गइरहेको विमान दुर्घटनामा परेको समाचारसंस्था एएनआईले जनाएको छ ।

नाज्का विशाल भूगोलको विश्वव्यापी रूपमा परिचित समूह हो । नाज्का क्षेत्र जेटबाट राम्रोसँग देख्न सकिन्छ । दुर्घटनाग्रस्त विमानमा नेदरल्यान्ड र चिलीका नागरिक रहेका थिए । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको पेरुको सरकारलाई उदृत गर्दै एएनआईले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू