अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४४ | Colorodo: 23:59

पूर्व-राष्ट्रपति ट्रम्पलाई चुनावी परिणाम उल्टाउन सल्लाह दिनु गलत भएको पूर्व-उपराष्ट्रपति पेन्सको टिप्पणी

बिआरटीनेपाल २०७८ माघ २२ गते ५:१५ मा प्रकाशित

पूर्व अमेरिकी उपराष्ट्रपति माइक पेन्सले निर्वाचनको परिणामलाई लिएर पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी गलत भएको बताउन भएको छ । उहाँले निर्वाचनको परिणाम उल्टाउन ट्रम्पलाई सल्लाह दिने नै गलत भएको उहाँको टिप्पणी छ । गत वर्षको जनवरी ६ मा निर्वाचनको अन्तिम परिणाम घोषणा गर्नुअघि ट्रम्पका समर्थकले अमेरिकी संसद भवनमा आक्रमण गरेका थिए ।

सो दङ्गाका क्रममा एक सुरक्षाकर्मीसहित पाँच जनाको मृत्यु भएको थियो । ट्रम्मको उक्त कदमको सर्वत्र आलोचनासमेत भएको थियो ।सो घटना पछि गठन भएको छानविन समितिले ट्रम्पलाई दोषी ठहर गर्दै महाअभियोग लगाउन ससमेत सिफारिस गरेको थियो ।

अमेरिकी इतिहासमा दुई पटक बहालवाला राष्ट्रपतिको रुपमा ट्रम्पमाथि दुई पटक महाअभियोगको आरोप लागेको थियो । तर सो महाअभियोग प्रस्तावमाथि ट्रम्पको कार्यकालको दुई दिन अघिसम्म पनि संसदका दुवै सदनमा छलफल भएको थियो सो घटनाबारे ट्रम्पले असहयोग गर्दा छानविन समितिलाई प्रतिवेदन बुझाउन ढिलो भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू