अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१४ | Colorodo: 23:29

रुसी राष्ट्रपति पुटिन र चिनियाँ समकक्षी सीबीच बेइजिङमा भेट

बिआरटीनेपाल २०७८ माघ २१ गते ६:५६ मा प्रकाशित

युक्रेन विवादले अमेरिकासहित पश्चिमा देशहरुसँग तनावपूर्ण सम्बन्धबाट गुज्रिएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी चिनफिङबीच भेटवार्ता भएको छ । चीनको राजधानीमा बेइजिङमा शीतकालीन ओलम्पिकको औपचारिक उद्घाटन हुनुअघि उहाँहरुबीच भेट भएको हो । पुटिनले चीनसँग आफ्नो देशको घनिष्ठ सम्बन्धको प्रसंसा गर्दै यसलाई अभूतपूर्व प्रकृति र सम्मानजनक सम्बन्धको उदाहरण बताउनुभयो ।

सिचिन फिङले बैठकले चीन-रुस सम्बन्धलाई थप जीवन्तता दिने बताएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । दुई नेताबीच युक्रेन संकटसँग व्यापारका विषयमा पनि छलफल भएको थियो । पुटिनले रूसले नयाँ पाइपलाइनमार्फत चीनलाई ४८ अरब घन मिटर ग्यास निर्यात बढाउन नयाँ सम्झौताको तयारी गरेको बताउनुभयो ।

उहाँले दुई महाशक्तिबीचको व्यापार सन् २०२१ मा पुगेको १ सय ४० अर्ब डलरबाट २ सय अर्ब डलरमा पुर्‍याउन चाहेको पनि उल्लेख गर्नुभयो । युक्रेनलाई लिएर नेटो शक्तिहरूसँगको विवादमा रुसलाई समर्थन गर्न चीन थप अग्रसर भएको छ । युक्रेन विवादमा पश्चिमा मुलुकसँग आमने सामने भएका पुटिनको चिनियाँ समकक्षीसँगको भेटलाई अन्तर्राष्ट्रिय क्षेत्रमा निकै चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू