अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३१ | Colorodo: 22:46

भारतमा सोमबारबाट शैक्षिक संस्था खुल्दै

बिआरटीनेपाल २०७८ माघ २१ गते ६:५५ मा प्रकाशित

भारतको राजधानी नयाँ दिल्लीमा कोभिड संक्रमण बढेपछि बन्द गरिएका सम्पूर्ण बिद्यालय र कलेजहरु आगामी सोमबारदेखि खुल्ने भएका छन् । भारतीय प्रकोप व्यवस्थापन विभागको शुक्रबार बसेको बैठकमा विद्यालय, कलेज र शैक्षिक संस्था खुल्ने निर्णय भएको हो ।

दिल्लीका उप–मुख्यमन्त्री मनिष सिसोदियाले खोप नलगाएका विद्यार्थीले कक्षामा प्रवेश गर्न नपाउने जानकारी दिनुभएको छ । यीबाहेक नयाँ दिल्लीका जिम, स्विमिंग पूलहरु पनि आगामी सोमबारबाट खुल्ने भएका छन् । कोरोनाको तेस्रो लहरको जोखिम रोक्न लगाइएको रात्रिकालीन कर्फ्युको अवधि भने एक घण्टाले घटाउँदै अहिले बेलुका ११ बजेदेखि बिहान ५ बजेसम्म कायम गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू