अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४४ | Colorodo: 23:59

अर्जेन्टिनामा मिसावटयुक्त कोकिन खाँदा १६ जनाको ज्यान गयाे

बिआरटीनेपाल २०७८ माघ २१ गते ६:४८ मा प्रकाशित

अर्जेन्टिनामा मिसावट गरिएको कोकिन खाँदा कम्तीमा १६ जनाको ज्यान गएको छ ।राजधानी ब्युनेस एअर्स क्षेत्रमा मिसावटयुक्त कोकिन खाएका अरु ५० जना अस्पताल भर्ना भएका स्थानीय अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अनुसन्धानकर्ताले अवैध लागुऔषध कोकिनमा कुनै प्रकारको विषादी वा अरु लागुऔषध मिसाइएको हुनसक्ने अनुमान गरेका छन् ।स्थानीय सुरक्षा अधिकारीले पछिल्लो २४ घण्टामा कोकिन किनेका प्रयोगकर्तालाई कोकिन फ्याँक्न आग्रह गरेका छन् ।

अहिलेसम्म घटनामा संलग्न भएको अर्थात मिसावट गरिएको कोकिन बेचेको अभियोगमा ९ जना पक्राउ परेका छन् । प्रहरीले लागुऔषध पनि बरामद गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू