अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३६ | Colorodo: 20:51

बढी खर्च गर्न सक्ने सरकारलाई बढी बजेट दिईने -अर्थमन्त्री शर्मा

बिआरटीनेपाल २०७८ माघ १४ गते ६:४३ मा प्रकाशित

अर्थमन्त्री जनार्दन शर्माले जुन सरकारले सबभन्दा बढी खर्च गर्न सक्छ त्यसलाई नै बढी बजेटको व्यवस्था गर्ने बताउनुभएको छ ।  शुक्रवार अर्थ विषयक विषयगत समितिको भर्चुअल बैठकमा उहाँले जनतालाई सबैभन्दा बढी सेवा दिने सरकार ‘राम्रो’ र सबभन्दा बढी खर्च गर्ने सरकारलाई बढी बजेटको व्यवस्था गर्ने बताउनुभएको हो ।

उहाँले कोभिड महामारीमा पालिका र प्रदेश सरकारले बढी काम गरेको उल्लेख गर्नुहुँदै तल्ला सरकारले गरेका असल कामको अङ्गीकार गरेर जानुपर्नेमा जोड दिनुभयो । सङ्घीयता बलियो बनाउन असल कामको अङ्गीकार र कतिपय व्यवहारमा सुधार गरेर जानुपर्ने उहाँले बताउनुभएको हो । त्यस्तै प्रदेश सरकारका मागहरूलाई आउँदा दिनमा नीतिगत रूपमा सम्बोधन गर्दै लैजाने मन्त्री शर्माले विश्वास दिलाउनुभयो ।

यसैगरी मन्त्री शर्माले समृद्धिका लागि उत्पादन र पुँजी निर्माणमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले योजनाको दोहोरोपन हुने गरेको भन्नुहुँदै त्यसलाई नीति निर्माण गरेरै समाधान गर्नुपर्ने समेत बताउनुभयो ।

सङ्घ, प्रदेश र स्थानीय तह ९समन्वय र अन्तरसम्बन्ध० ऐन २०७७ दफा ९२२० अन्तर्गत गठित समितिको पहिलो बैठकमा सातै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीको सहभागिता थियो । बैठकमा उहाँहहरूले नीति र कर्मचारीको अभाव, योजनामा दोहोरोपन, विस्तृत अध्ययनविनाका योजना, सङ्घ र प्रदेशबीचको अविश्वास, स्रोत साधनमा अधिकारको कमीलगायतका समस्याका कारण बजेट कार्यान्वयन सन्तोषजनक रूपमा गर्न नसकिएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू