अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०२ | Colorodo: 07:17

पाकिस्तानको सर्वोच्च अदालतमा पहिलो पटक महिला न्यायाधीश

बिआरटीनेपाल २०७८ माघ ८ गते ७:४३ मा प्रकाशित

पाकिस्तानको सर्वोच्च अदालतमा पहिलो पटक महिला न्यायाधीश नियुक्त हुनुभएको छ । लाहोर उच्च अदालतकी न्यायाधीश आयशा मलिकले आउँदो सोमवार पाकिस्तानी सर्वोच्च अदालतको न्यायाधीश पदको शपथ लिने पाकिस्तानी सञ्चारमाध्ययमले जनाएका छन् । राष्ट्रपति आरिफ अल्वीले हिजो न्यायाधीश मलिकको बढुवा र सर्वोच्च अदालतमा नियुक्तिको अनुमोदन गर्नुभएको हो ।

पाकिस्तानको न्यायिक आयोगले जनवरी महिनाको सुरुमा उहाँको नाम सिफारिस गरेको थियो । उहाँको कार्यकाल सन् २०३१ सम्म रहनेछ । वरिष्ठताका आधारमा उहाँ सन् २०३० मै प्रधानन्यायधीश बन्नुहुनेछ । कट्टर मुस्लिम देश भएकोले पाकिस्तानको सर्वोच्च अदालतमा महिला न्यायाधीश हुनुलाई महत्त्वका साथ हेरिएको छ ।

यसैबीच पाकिस्तान बार काउन्सिल पीबीसी र अल बार एसोसिएशनले भने आयशालाई सर्वोच्च अदालतको न्यायाधीश बनाए विरोध गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू