अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५९ | Colorodo: 11:14

भारतमा सम्पूर्ण अन्तर्राष्ट्रिय उडान स्थगित

बिआरटीनेपाल २०७८ माघ ६ गते ७:२४ मा प्रकाशित

भारतले विहीवारबाट सम्पूर्ण अन्तर्राष्ट्रिय उडान स्थगित गरेको छ ।कोभिड महामारी पुनः फैलिन थालेपछि फेब्रुअरी २८ सम्मका लागि भारतबाट बाहिर जाने र अन्य मुलुकबाट भारत आउने सम्पूर्ण अन्तर्राष्ट्रिय उडान स्थगित गरेको हो । तीब्र रुपमा फैलिरहेको कोरोनाको जोखिम कम गर्न भारतले उडान स्थगित गरेको भारतीय उड्डयन अधिकारीहरूले जानकारी दिएका छन् ।

भारतको नागरिक उड्डयन महानिर्देशनालयले जारी गरेको परिपत्रअनुसार नागरिक उड्डयनसँग सम्बन्धित निकायबाट स्वीकृति लिएका र सबै कार्गो सञ्चालन तथा उडानका लागि भने यो प्रतिबन्ध लागू हुने छैन । पछिल्लो निर्णय अनुसार भारतबाट विदेश जाने र विदेशबाट भारत आउने अन्तर्राष्ट्रिय वाणिज्य यात्रु सेवालाई फेब्रुअरी २८ को मध्यराति १२ बजेसम्मका लागि विस्तार गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू