अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१६ | Colorodo: 09:31

जाकार्ताबाट राजधानी सार्ने इण्डोनेसियाको निर्णय

बिआरटीनेपाल २०७८ माघ ५ गते ६:५२ मा प्रकाशित

इण्डोनेसियाले राजधानी सार्ने निर्णय गरेको छ । हालको राजधानी जाकार्ताबाट १३ सय किलोमिटर टाढा पूर्वी कलिमन्थन प्रान्तको बोर्नियो द्विपमा नयाँ राजधानी बनाउने सम्बन्धि विधेयक त्यहाँको संसदले पारित गरेको हो ।नयाँ राजधानीको नाम नुसन्तारा राख्ने निर्णय पनि संसदले गरेको छ । नुसन्ताराको अर्थ द्विपसमूह हुने जनाइएको छ ।

एक करोड मानिस बसोबास गर्दै आएको राजधानी जाकर्ता थामिनसक्नु भीड र प्रदुषणले अस्तब्यस्त बनेको भन्दै राष्ट्रपति जोको विदोदोको सरकारले दुई वर्ष अघि नै राजधानी सार्ने प्रस्ताव ल्याएको थियो । जाभा द्विपको दलदले भूमिमाथि रहेको राजधानी जाकर्ताको आधा भूभाग समुद्री सतह मुनि गईसकेको र हरेक वर्ष जाकर्ता २५ सेन्टीमिटरका दरले समुद्रमुनि गईरहेको छ ।

नयाँ राजधानीका लागि प्रस्ताव गरिएको क्षेत्र तुलनात्मक रुपमा कम विकसित भए पनि देशको मध्यभागमा पर्ने र प्राकृतिक प्रकोपको कम खतरा भएको रणनीतिक महत्वको ठाउँ भएको बताइएको छ । नयाँ राजधानी बनाउन साढे ३२ अर्ब डलर खर्च लाग्ने अनुमान पनि गरिएको छ । आलोचक र स्थानीय सरोकारवालाहरुले भने राजधानी बनेपछि कलिमन्थन प्रान्तको वातावरणीय तथा साँस्कृति क्षय हुने भन्दै राजधानी सार्ने निर्णयको आलोचना गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू